६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त


२ वैशाख, काठमाडाैँ । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन । कोषले उनलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उनी तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष पनि हुन ।

गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध छन । सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आएका छन । सल्लाहकार नियुक्ती भएपछि उनीसँगको कुराकानीमा गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

उनले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई हुँदैन भने ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:०७