६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नुवाकोटको १२ वटै पालिकामा एमाले विजयी हुने अध्यक्ष पाण्डेको घोषणा


२ वैशाख, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले माओवादीलाई फेरि एमालेको बुई चढेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन । शुक्रबारको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले राखेका भनाइको सन्दर्भ उल्लेख गर्दै उनले फेरि एमालेको बुई चढेर चुनाव जित्ने सपना नपाल्न चेतावनी दिए ।

शुक्रबार एमाले जिल्ला कमिटीको बृहद् जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले प्रचण्डले फेरि पनि कांग्रेससँगै प्रतिस्पर्धाको अवस्था आउन सक्ने बताएको भन्दै उनले अब एमालेले एक्लै चुनाव जित्ने बताएका हुन । शुक्रबार माओवादीको बैठकमा प्रचण्डले कतिपय ठाउँमा गठबन्धन भए पनि कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । उनले आफूहरूले मागेको जति कांग्रेसले नदिए गठबन्धनमै समस्या हुने बताएका थिए ।

अध्यक्ष पाण्डेले नुवाकोटको १२ वटै पालिकामा एमाले विजयी हुने कुरा आफूले माथिल्लो कमिटीमा रिपोर्टिङ गरेको पनि जानकारी दिए । प्रदेश कमिटीका इन्चार्जतर्फ देखाउँदै अध्यक्ष पाण्डेले जिल्लाका १२ वटै पालिकामा पाँच दलीय गठबन्धन पराजित गरेर एमाले विजयी हुने र त्यसको संकेत बृहद् जनसभाको उपस्थितिले पनि देखाएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १५:१०