१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश

३० चैत, डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्।

उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन्।

प्रकाशित मिति : April 13, 2022 at 4:55 pm