२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

भारतीयको रात्रीभोज खान दूतावासमै पुगे देउवा, प्रचण्ड र माधव नेपाल


२९ चैत, काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् । मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्राको बिदाइ रात्रीभोजमा सहभागी भएका छन । मंगलबार साँझ गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका देउवा, प्रचण्ड र माधव नेपाल भारतीय दूतावासमा पुगेका थिए ।

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २१:३६