१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. वेदराज के.सी.

२७ चैत, काठमाडाैँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. वेदराज के.सी. निर्वाचित भएका छन । यही चैत्र २५ र २६ गते काठमाठौंमा सम्पन्न संगठनको दसौं राष्ट्रिय सम्मेलनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्राध्यपाक के.सी. यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

यसैगरी सम्मेलनबाट उपाध्यक्षहरुमा डा. खगराज शर्मा, रामकुमार राई, मनोज विष्ट, बलराम राय, भोला ओझा, तिलक भुसाल र सरिता निरौला, महासचिवमा डा. पदमप्रसाद खतिवडा र उपमहासचिवहरुमा डा. सुमन खरेल र नरेन्द्र कोइराला निर्वाचित निर्वाचित भएका छन ।

सम्मेलनले सचिवमा होमबहादुर बस्नेत प्रदेश एक, किशोरकुमार शाह मधेश प्रदेश, देवराज अर्याल बाग्मती प्रदेश, कृष्ण अधिकारी गण्डकी, दिनेश पन्थी लुम्विनी, तेजविक्रम बस्नेत कर्णाली, मानबहादुर जोरा सुदुर पश्चिम र कोषाध्यक्षमा नन्दी केशर नेपाललाई निर्वाचित गरेको छ ।

सम्मेलनले प्राध्यापकहरुको हक हित र पेशागत सुरक्षाको सवालमा राज्य जिम्मेवार हुनुपर्नेतर्फ ध्यानाकर्षण गरेको छ । प्राध्यापकहरुको पदोन्नतिका लागि सेवा आयोगबाट नियमित रुपमा विज्ञापन हुनुपर्ने, अनुसन्धानको अवसरलाई फराकिलो बनाउन पर्ने, स्वास्थ्य उपचारको सवाल आवश्यक व्यवस्था गर्नु पर्ने, करार र आंशिक सेवामा रहेका प्राध्यापकहरुको पेशागत सुनिश्चितताका लागि सार्थक पहल गरिनु पर्ने लगायतका माग पनि सो संगठनले गरेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार २१:३५