१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

२६ चैत, महोत्तरी । नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले स्थानीय तहमा आवस्यक्ता अनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए ।

आजै बर्दिबास नगरसमितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १(क) कार्यालय बर्दिबासलाइ पठाएको छ ।

नेपाली कांग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : April 9, 2022 at 6:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/