१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

रसुवामा जनार्दन ढकालका पिएले नै छाडे एमाले, स्वतन्त्र बस्ने घाेषणा

२६ चैत, काठमाडौँ । नेकपा एमाले रसुवाका सचिव एवं संविधानसभा सदस्य जनार्दन ढकालका पूर्व स्वकिय सचिव प्रेमप्रसाद पाैडेलले नेकपा एमाले परित्याग गरेका छन । शनिबार सामाजिक सञ्जाल मार्फत उनले यस्ताे घाेषणा गरेका हुन । पाैडेल ढकाल संविधानसभा सदस्य निर्वाचित हुँदाका स्वकीय सचिव थिए । कालिका गाउँपालिकाका स्थायी बासिन्दा उनी गाउँ कमिटीमा पनि रहेका थिए ।

उनले सामाजिक सञ्जालमा गरेकाे टिप्पणी यस्ताे छ :

नेकपा (एमाले) परित्याग गरि स्वतन्त्र रहेको घोषणा

रसुवा जिल्ला, कालिका गाउँपालिका वडा नं ५ बस्ने म प्रेमप्रसाद पौडेल २०५६ साल (मताधिकारको अधिकार प्राप्त गर्नुपूर्व ) देखि नेकपा (एमाले) मा आस्था राखी आएको र त्यसपछि साविक धैबुङ गाविसको गाउँ कमिटि सदस्य, सचिव हुँदै प्रेस चौतारी नेपाल, जिल्ला शाखा रसुवाको सदस्य, सचिव र उपाध्यक्ष, वि. सं २०७० मा नेकपा(एमाले) का संविधान सभाका विजयी उम्मेद्वार माननीय जनार्दन ढकालको स्वकिय सचिव, वाम (एमाले, माओवादी) एकतापछि बनेको नेकपाको कालिका गाउँकमिटि सदस्य, पार्टी विघटनपछि नेकपा (एमाले) आठौं जिल्ला अधिवेशन आयोजक कमिटिको सदस्य, नेपाल पत्रकार महासंघ, वागमती प्रदेशको गत निर्वाचनमा प्रेस चौतारी रसुवाको तर्फबाट प्रदेश सदस्य पदको उम्मेद्वार ( ४१६ मत प्राप्त) यी विभिन्न पद र जिम्मेवारीमा रहँदै आएकोमा हाल पार्टीभित्र देखिएको विकृति र विसंगतिका कारण र गत स्थानीय निर्वाचनबाट कालिका गापामा प्राप्त गरेको लगभग एकलौटी जित र नेतृत्व हुँदा पनि गापाको विकास कार्य अघि बढ्नु भन्दा जनप्रतिनिधिहरू एक आपसमा जस, अपजस, गाली, गलौजमा उत्रने र गापाको विकासे गतिविधि लथालिङ्ग पार्ने, पार्टी बनाउने भन्दा भत्काउने दिशातर्फ अगाडि बढेको मैले महसुस गरेको छु ।

यस्ता नेता, नेतृत्व र गतिविधिका कारण समग्र सामाजिक, आर्थिक, भौतिकलगायतका विकास र पार्टी हितलाई विपरित दिशामा लगिरहेकोले यस्ता पार्टी र नेता, नेतृत्वले जनताको अपेक्षा पूरा नगर्ने देखिएको र हालसम्म अरू कुनै पार्टीले पनि ती अपेक्षा पूरा गर्छन् भन्ने पनि नदेखिएकोले आजैका मितिदेखि नेकपा (एमाले) पार्टी परित्याग गरि स्वतन्त्र रहेको घोषणा गर्दछु । स्वतन्त्र रही आगामी निर्वाचनहरूमा मताधिकारको लागि स्व-विवेक प्रयोग गर्ने चाहना रहेको जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : April 9, 2022 at 1:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/