१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

इन्जा खोजी पत्रकारिता पुरस्कार बुढाथोकीलाई

२४ चैत, काठमाडाैँ । नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।

सन् २०२१ भरिमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येवाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभएको छ ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरि नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जाले इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको इञ्जाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाको राजधानी वाशिङटनमा मुख्यालय रहेको इञ्जा खोजी पत्रकारिता पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । इञ्जाले खोजी पत्रकारिता पुरस्कारको अलावा हरेक वर्ष एक हजार अमेरिकी डलर राशीको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ भने यस वर्षवाट इञ्जा पत्रकारिता वौद्धिक पुरस्कार समेत थप गर्न लागेको छ ।

विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका बुढाथोकीले न्युज कारोबार डटकम, टक्सार आर्थिक म्यागजिन, लुम्बिनी सञ्चार डटकम अनलाइनमार्फत् १५ महिनाको अवधिमा ३५ भन्दा अधिक निरन्तर खोजी तथा फलोअप गरी नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व छली भएको विषयलाई सार्वजनिक सरोकारमा ल्याएका थिए ।

भारतीय उद्योगी नकुल कमानी र अधिराजकुमारी हेलेनको साझेदारीमा नेपालमा सन् १९७७ मा खुलेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व सन् १९९२, २००२, २००४, २०११ र २०१४ गरी पाँच पटक किनबेच भएको बुढाथोकीले टक्सार आर्थिक म्यागजिनमा सप्रमाण खोजी समाचारको रुपमा प्रकाशित गरेका छन् ।

प्रकाशित मिति : April 7, 2022 at 6:08 pm