१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बैंकिङ कसुर मुद्दाका फरार बज्रसिंह लामालाई पक्राउ गरेर अदालत बुझाइयो

२४ चैत, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरी अदालत बुझाइएको छ ।

उच्च अदालत पाटनको १ चैत २०७८ को फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

प्रकाशित मिति : April 7, 2022 at 12:59 pm