१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

माओवादीमा फर्किए भनिएका डल्लाकोटी सम्पर्कबिहीन, अपहरणको आशंका

२२ चैत, काठमाडौँ । सोमबार नेकपा एमाले प्रवेश गरेर मंगलबार पुनः माओवादीमै फर्किए भनिएका बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) सम्पर्क बिहीन भएका छन । मंगलबार बिहान १० बजेदेखि सम्पर्कबिहीन भएका डल्लाकोटी घरमा पनि नपुगेको र उनको मोबाइलमा सम्पर्क हुन नसकेको नेकपा एमाले धादिङले बताएको छ ।

साँझ विज्ञप्तिको हस्ताक्षरमा देखिएका डल्लाकोटी अझै परिवारको सम्पर्कमा पनि नपुगेको उनको परिवारले जनाएको छ । मंगलबार नेकपा एमाले धादिङको जिल्ला कमिटीको सचिवालय बैठकमा समेत सहभागी भएर अन्य साथीको व्यवस्थापन गर्ने सहमति गरेर एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीसँग फोनमा कुरा गरेका डल्लाकोटी १०ः३० पछि सञ्चार सम्पर्कबिहीन भएका हुन । उनले केही साता अघि नै एमाले प्रवेश गर्न खोजेको भए पनि ज्यानै मार्नेसम्मको धम्की आएको भन्दै डरका बारेमा बताएको एमाले धादिङका एक नेताले बताए ।

सोमबार भने पर्याप्त तयारी र आत्मबलसहित डल्लाकोटी एमाले अध्यक्ष ओलीको निवासमा पुगेर एमाले प्रवेश गरेका थिए । तर मंगलबार साँझ उनको नाममा माओवादीमै फर्किएको छु भन्ने विज्ञप्ति आएको छ । उनी माओवादी र नेकपा एकीकृत समाजवादीको नेताहरूको सम्पर्कमा रहेको उनीहरूले बताएका छन । तर मंगलबार साँझ घर आइपुग्छु भनेका डल्लाकोटी यतिखेरसम्म घर नपुगेको उनको परिवार स्रोतले जनाएको छ । उनको मोबाइल फोन भने अफ गरिएको छ ।

डल्लाकोटी नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष रहेका थिए । एमालेले भने डल्लाकोटी सम्पर्कबिहीन हुनुमा उनको अपहरण भएको आशंका गरेको छ । यसअघि पनि माओवादीहरूले पार्टी परित्याग नगर्न दबाब दिएको र हिजो एमाले प्रवेशको समयमा प्रचण्ड स्वंयले तिमी र मसँगै माछा खानुपर्छ भनेर प्रस्ताव गरेको स्वयं डल्लाकोटीले हिजो बताएका थिए ।

प्रकाशित मिति : April 5, 2022 at 9:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/