२ असार २०८१, आईतवार | Mon Jun 17 2024

एमाले प्रवेश गरेकाे २४ घण्टामा फेरि माओवादीमै फर्किए डल्लाकाेटी


२२ चैत, काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) एमाले प्रवेश गरेकाे २४ घण्टामा फेरि माओवादीमै फर्किएका छन ।

उनले आवेगका आएर आफूले गलत निर्णय लिएकाे भन्दै उनले माओवादीमै फर्किएको जनाएका छन ।

यसअघि उनी नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गरेका थिए ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर डल्लाकोटी एमाले प्रवेश गरेका थिए ।

 

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १९:०३