२ असार २०८१, आईतवार | Mon Jun 17 2024

२२ चैत, भक्तपुर । एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरबाट एसईई दिने प्रतीक्षामा रहेका विद्यार्थीलाई मंगलबार परामर्श दिइएको छ । शिक्षाविद् नारायणप्रसाद झाले विद्यार्थीलाई एसईई परीक्षामा गर्नुपर्ने तयारीबारे परामर्श दिएका हुन् । आगन्तुक विशेषज्ञका रूपमा बोलाइएका झाले एसईईको महत्त्व, त्यसको मूल्यमान्यताबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

ओरेन्टेशन प्रोग्राम अन एसईई प्रिपरेशन विषयमा भएको परामर्शमा विशेषज्ञ झाले एसईईको तयारीका क्रममा आउने समस्या र समाधानका विषयमा पनि विद्यार्थीलाई जानकारी गराएका थिए । उनले एसईईको तयारीमा रहेका विद्यार्थीका जिज्ञासाको सम्बोधन गरेका थिए । कार्यक्रममा स्कुलबाट एसईई दिने तयारीमा रहेका कक्षा १० का एक सय १६ जना विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १८:०६