२ असार २०८१, आईतवार | Mon Jun 17 2024

सिन्धुपाल्चोकका दुई प्रभावशाली कांग्रेस नेताले पार्टी छाडे, एमाले प्रवेश गर्ने !


२२ चैत, काठमाडाैँ । नेपाली काङ्ग्रेसको गढ मानिने हेलम्बुमा स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिम्मेवार नेताहरूले नै पार्टी छाड्ने क्रम बढेको छ ।  सोमबार वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष तथा पार्टी नेता खेतनाथ घिमिरेले फेसबुक स्ट्याट्स लेख्दै पार्टी परित्याग गरेको घोषणा गरे ।

काङ्ग्रेसमा व्यक्तिवादी सोच हाबी हुँदै गएको ,मनलाग्दी तवरले कार्यशैली अगाडि बढाएको ,शिक्षा क्षेत्र धरासायी भएकाले पार्टी परित्याग गरेको उनको स्ट्याट्समा उल्लेख छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रति लक्षित गर्दै घिमिरेले कार्यालय भित्रै प्रधानाध्यापक कुटपिट ,बिना कारण कर्मचारी अवकाश लगायत गम्भीर आरोप समेत लगाएका छन् ।

त्यही क्रममा मंगलबार पार्टीका निवर्तमान पालिका सभापति विजय सिंह तामाङले पनि पार्टी परित्याग गरेको घोषणा गरे । पार्टीमा काम गरेको समय उल्लेख गर्दै उहाँले अब समय दिन नसकेकाले पार्टी छोड्न परेको बताए पनि पार्टीभित्रको आन्तरिक कलहका कारण तामाङले पार्टी छाडेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । उनीहरू दुबैले नेकपा एमाले प्रवेशको तयारी गरेका छन ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १७:४८