३ असार २०८१, सोमबार | Mon Jun 17 2024

नयाँ वर्षको दिन ९०३ जनाले राष्ट्रपतिबाट विभुषण पाउँदै


२२ चैत, काठमाडाैँ । संविधान दिवसका अवसरमा ३ असोजमा घोषणा गरिएका विभुषण आगामी १ वैशाखमा प्रदान गरिने भएको छ । संविधान दिन९०३ जनालाई विभुषण दिने घोषणा गरिए पनि कोरोना भाइरस महामारीका कारण पदक प्रदान गरिएको थियो ।

अब १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् प्रदान गरिने भएको गृह मन्त्रालयले जानकारी दिएकाे छ । त्यसका लागि १ वैशाख बिहान ९ बजे राष्ट्रपति निवास शितलनिवासमा समाराेह हुनेछ ।

घोषित विभुषणमध्ये नेपालरत्न, राष्ट्र गाैरव, महाउज्ज्वल राष्ट्रदीप, प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्रीकाे पदक मात्र प्रदान गरिन लागिएकाे हाे ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार ०७:३५