४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

एमाले स्थायी कमिटीले राष्ट्रपतिको टुंगो लगाउँदै


२२ फागुन, काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार चयन लगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आज दिउँसो बस्दैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रपतिको निर्वाचन कार्यतिालका अनुसार भोलि अर्थात फागुन २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या झलनाथ खनाल, सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य मध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा एमालेभित्र ठूलो मतभेद रहेको छ ।

स्थायी कमिटी बैठकमा माओवादीसँगको एकता प्रक्रियाको बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार ०९:३८