३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

धादिङमा स्कुल बन्द गरेर समाजवादीको चुनावी कार्यक्रम, सरकारी गाडीमा कार्यकर्ता ओसारियो

२१ चैत, धादिङ । सशस्त्र द्धन्द्धको समयमा समेत विद्यालय शान्ति क्षेत्र रहेको भन्दै प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर राजनीतिक दलहरूको विद्यालयको दुरूपयोग गरेका थिएनन् तर अहिले नेकपा एकीकृत समाजवादीले विद्यालय नै बन्द गराएर पार्टीको चुनावी कार्यक्रम गरेको छ । धादिङको गल्छी ५ को अमन्तादेवी माविमा आइतबार समाजवादीले विद्यालय बन्द गराएर पार्टीको कार्यक्रम गरेको हो ।

धादिङको धादिङको गल्छी गाउँ पालिकामा माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीले विद्यालय नै बन्द गराएर पार्टीको चुनावी कार्यक्रम र टोल कमिटी गठनको कार्यक्रम गरेको हो । सो गाउँपालिकाका अध्यक्ष पनि समाजवादी पार्टीमा लागेका कारण उनकै निर्देशनमा स्कुल बन्द गराएर पार्टीको कार्यक्रम गरिएको हो ।

अध्यक्ष कृष्णहरि श्रेष्ठले पदको दुरूपयोग गर्दै गाउँपालिकाको गाडी समेत कार्यकर्ता ओसारपसारमा प्रयोग गरेका छन । निर्वाचन आयोगले जनप्रतिनिधिले यस्तैगरी राज्यस्रोतको दुरूपयोग गर्छन भनेर पुनः मनोनयन अघि राजिनामाको सन्दर्भ निकालेको अवस्थामा धादिङमा भने निर्वाध रूपमा चुनावी प्रचारमा सरकारी गाडीको दुरूपयोग भइरहेको छ ।

निर्वाचन आयोगले कुनै दललाई विद्यालय भित्र पार्टीको कार्यक्रम गर्न रोक लगाएको भएपनि अध्यक्ष श्रेष्ठ स्वयं उपस्थित भएर स्कुल बन्द गराएर कार्यक्रम गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै स्थानीय बिरोध जनाएका छन । गाउँपालिका अध्यक्ष श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय अनुशासन आयोगको सदस्य समेत हुन ।

प्रकाशित मिति : April 4, 2022 at 1:33 pm