४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् रिजल्ट

२० चैत, काठमाडाैँ । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ। स्वीकृत आवेदन मध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको हाे।

कम्पनीले चैत ८ गतेदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँड गरिएको हो।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

यसरी हेर्नुहाेस् रिजल्टः

कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भैसकेपछि विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे https://iporesult.cdsc.com.np/ वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट https://laxmicapital.com.np/IPO_Result.aspx, ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट https://greenventuresnepal.com/ र मेराे शेयर https://meroshare.cdsc.com.np/#/login मा गएर हेर्न सकिन्छ ।

https://iporesult.cdsc.com.np/

https://laxmicapital.com.np/IPO_Result.aspx

https://meroshare.cdsc.com.np/#/login

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ११:२३