२१.१९ अंकले घट्याे नेप्से, ५ अर्ब ३८ करोडकाे काराेबार
३१ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५० कम्पनीकाे ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशत घटेको छ । यस दिन हिमाल दोलखा हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ। यस दिन सो कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज जीवन बीमा समूह र जलविद्युत समूहको सेयर मूल्य सर्वाधिक घटेकाे छ ।
प्रकाशित मिति : September 16, 2026 at 3:24 pm


