कागसँग तुलना गरेर कार्यकर्तालाई कारवाहीको चेतावनी दिएका हितबहादुर बिद्रोहको संख्याले डराए
१९ चैत, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ आफ्नो निर्णयबाट पछि हटेका छन । यही चैत १७ गते आफ्नो प्रवृतिको बिरोध गर्नेहरूमाथि कागसँग तुलना गरेर अशुभ हुने भन्दै कारबाहीको चेतावनी दिएका तामाङ शनिबार बिहानै सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै असन्तुष्टिहरू पार्टीभित्र छलफल गर्न तयार भएका छन ।
उनले कमिटीमा नभएका माओवादीका नेता कार्यकर्तासँग आफैँ कुरा गर्न तयार रहेको बताएका छन । हितबहादुर बढी जातिवादी भएको र राणाको शैलीमा पार्टी संगठन चलाउन खोजेको भन्दै सयौँ पार्टी कार्यकर्ताले उनको विरूद्धमा सामाजिक सञ्जालबाटै टिप्पणी गरेका छन ।
सुरूमा मुकुन्द पौडेल र गजेन्द्र न्यौपानेको मात्र प्रतिक्रियापछि कागजको उदाहारण दिएर उनीहरूको असन्तुष्टिले उनीहरूलाई नै अशुभ हुने चेतावनी दिएका उनले शनिबार भने त्यस्ता असन्तुष्टिहरूका बारेमा बसेर छलफल गर्न तयार रहेको बताएका हुन । नेकपा माओवादी केन्द्र नुवाकोटको बिद्रोहमा सुरूमा दुई नेताको मात्र प्रतिक्रिया भए पनि त्यसको प्रतिक्रियाहरू थपिदैँ जाँदा चार सय भन्दा बढीले हितबहादुरको प्रवृतिका बारेमा मुख खोलेका छन ।
हितबहादुरले शनिबार बिहान सामाजिक सञ्जालमा व्यक्ति गरेको प्रतिक्रिया
नेकपा माओवादी केन्द्र नुवाकोटका केही कार्यकर्ताहरुले अस्ति १७ गतेको दिन सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट कोही व्यक्ति तथा कुनै समुदायलाई इंगित गरि असिस्ट र अशोभनीय किसिमका महसुस हुने अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसको पक्ष र बिपक्षीमा टीका टिप्पणीहरु पनि सार्वजनिक रुपमै हुन थालेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ।
कोही ब्यक्तिलाई कोही ब्यक्ति र उसले गरेको कार्य एवम् उसको कार्यशैली प्रति चित्त प्रसन्न नहुन सक्छ। यदि कुनै विषय वा प्रसङ्ग उपर विमति छ र त्यस बारे छलफल तथा टिप्पणीको आवश्यक्ता महसुस भएको छ भने सम्बन्धित समिति वा समिति पनि नहुने ब्यक्तिहरुको हकमा सम्बन्धित ब्यक्ति संग छलफलको माग गर्न पाउने अधिकार कम्युनिस्ट पार्टीको सदस्यलाई सधैंभरि सुरक्षित छ यो कम्युनिस्ट पार्टीको आम प्रचलित मान्यता पनि हो ।
तर अहिले जुन प्रसंगमा जसरी क्रियाप्रतिक्रिया,टिप्पणी र दोहोरो बहसहरु भइरहेका छन् त्यसले पार्टी पंक्ति र आम समर्थक जनसमुदायमा समेत निराशा तथा अन्योलता बढाएकोछ र पार्टी विरोधी गतिविधिहरु रुचाउने अवाञ्छित तत्वहरुले ध्वसात्मक चलखेल बढाउन सक्ने अवस्था बन्दै गएको छ। त्यसैले पार्टीको आन्तरिक विषयहरुलाई आम सार्वजनिक बहसको प्रक्रियाको रुपमा जसरी बढीरहेको त्यसलाई तुरुन्त अन्त्य गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु। साथै यश बीचमा छलफलमा सहभागी गराउनुपर्ने महसुस भएका सम्बन्धित ब्यक्तिहरु संग आन्तरिक छलफलको प्रक्रिया छिट्टै आयोजना हुने कुराको पनि जानकारी दिलाउन चाहन्छु । धैर्य गरौ पार्टीले सबैलाई न्याय दिन्छ ।
बिहीबार बिहानबाट सामाजिक सञ्जालमा सुरू भएको नुवाकोट माओवादीको बिद्रोहको अभियानमा चार सय बढी कार्यकर्ताले सहभागिता जनाएका छन । कतिपयले नुवाकोटमा रहेर माओवादीमै राजनीति गर्ने हो भने थर फेर्न भनेर नेताहरूलाई सुझाव समेत दिएका छन ।
बिहीबार बिहान माओवादी केन्द्र नुवाकोटका पूर्व उपाध्यक्ष मुकुन्द पौडेल (जो शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका थिए)ले उनले आत्मकेन्द्रीत व्यक्तिवाद र जातिय सङ्कीर्णताको विरूद्धमा लड्नु आजको आवश्यकता हो भनेर अभियान सुरू गरेका थिए । त्यसको केही समयपछि माओवादीकै प्रभावशाली नेता गाजेन्द्र न्याैपानेले हितबहादुरको गतिबिधि राणाको जस्तै भएको संकेत गर्दै थरमै शम्शेर थपेर मुर्दावादको नारा नै लेखेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए ।
प्रकाशित मिति : April 2, 2022 at 9:13 am









