१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

हतियारसहितका अमेरिकी सेना त्रिभुवन विमानस्थलमा, देव गुरूङले सरकारसँग मागे जवाफ

१८ चैत, काठमाडौँ । हतियारसहितका अमेरिकी सेना नेपाल आएका छन । शुक्रबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ जना हतियारसहित र अन्य क्रु मेम्बर १३ जना गरी कुल २८ जना नेपाल आएको सत्तारूढ नेकपा मओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो फेसकुब पेज मार्फत जानकारी दिँदै सरकारसँग जवाफ मागेका छन ।

उनले किटानीका साथ भनेका छन, ‘अमेरिकी सेना नेपालमा!! आज बेलुका ६.१० बजे अन्तरराष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको एयर फोर्स, फ्लाईट नं.PAVER71 बाट अमेरिकी सेनाको युनिफर्म र हातहतियार सहित १५ जना र क्रु मेम्वर १३ जना गरि कुल २८ जना अमेरिकी सेना नेपाल उत्रेको छ। विगत दुई दशक सम्म अफ्गानिस्तानमा झै नेपालमा पनि अमेरिकी सेनाको हस्तक्षेप हुने भयो? यसको स्पष्टता सरकारले अविलम्व गरोस।’

गुरूङ एमसीसीका कट्टर बिरोधी नेता हुन । यद्यपी उनी आवद्ध माओवादीको सहयोगमा एमसीसी संसदबाट अनुमोदन भएको छ । गुरूङहरूले नै एमसीसी सम्झौतामा गलत प्रावधानहरू रहेको र ती गलत प्रावधान टेकेर अमेरिकी सेना नेपाल आउने र नेपालाइ अफगानिस्तान बनाउने भन्दै अभिव्यक्ति दिएका थिए ।

पूर्व भारतीय जर्नेल अशोक मेहेताले एमसीसी पारितका सम्बन्धमा बिहीबारमात्र टिप्पणी गर्दै नेपाल दुइ ढुंगाको तरूलबाट तीन ढुंगाको तरूल बनेको बताएका थिए ।

प्रकाशित मिति : April 1, 2022 at 10:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/