७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बालुवाटारमा गठबन्धनको बैठक जारी, चुनावी तालमेलको संयुक्त घोषणा गर्ने

१७ चैत, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने

३० वैशाखमा स्थानीय तहकाे निर्वाचन तय भएकाे छ । कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडाैँमा आयाेजित कार्यक्रममा तालमेलका लागि माेडालिटी तय हुने बताएका थिए ।

तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

प्रकाशित मिति : March 31, 2022 at 11:54 am