१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

प्रचण्डपुत्री रेनुलाई जिताउन मतपत्र च्यात्न बाध्य पार्ने प्रकाश तामाङ एमालेमै फर्किए

१६, चैत, चितवन । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेनु दाहालले मतपत्र च्याँतेर चुनाव जितिन् । एमाले उम्मेदवार रहेका देवी ज्ञवालीले जित्ने र कांग्रेस माओवादी गठवन्धनकी उम्मेदवार रेनु दाहालले हार्ने निश्चित जस्तैं बनेपछि मतगणनामा खटिएका माओवादी कार्यकर्ताले मतपत्र च्याँते ।

मतपत्र च्याँत्ने र देवीलाई हराउने योजनामा निर्वाचन आयोग, चितवनका तत्कालिन प्रमुख निर्वाचन अधिृकतदेखि चितवन कांग्रेससम्मको मिलेमोतो थियो । तर, रेनु दाहाललाई मतपत्र च्याँत्न बाध्य बनाउने एमालेका युवा नेता थिए प्रकाश तामाङ । उनी भरतपुर महानगरपालिका वडा नं. १९ मा एमालेकोतर्फबाट वडाध्यक्ष उम्मेदवार थिए ।

२०७४ जेठ १४ गते राती ११ बजे भरतपुर वडा नं. १९ को मतगणना करीव अन्तिम चरणमा पुगेको थियो । वडा नं. २० को मात्रै मतगणना बाँकी थियो । वडा नं. १९ र २० कांग्रेसको मत बढि भएका वडा हुन् । वडा नं. १९ को मतगणना जारी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली ७ सयभन्दा बढि मतले अगाडि थिए ।

कांग्रेस र माओवादीले देवी ज्ञवालीले लिड गरेको मत वडा नं. १९ र २० बाट तिर्ने र चुनाव जित्ने सोचमा थिए । तर, एमाले उम्मेदवार प्रकाश तामाङ वडाध्यक्ष रहेको वडामा तामाङले गठवन्धनको मत यसरी काटिदिए की प्रचण्ड पुत्री रेनु दाहाल नजित्ने निश्चित जस्तैं भयो । देवी ज्ञवालीले सोचेभन्दा धेरै मत वडा नं. १९ मा पाएपछि माओवादी कांग्रेसले मतपत्र च्याँत्ने योजना बनाए । एमालेले वडा नं. १९ को जस्तैं मत वडा नं. २० मा पनि ल्याउने र चुनाव हार्ने निश्चित जस्तैं देखियो । सोहीकारण मध्यरातमा मतपत्र च्याँतेर प्रचण्ड पुत्रीलाई चुनाव जिताउने षडयन्त्र रचियो । पछि चुनाव गराएर देवीलाई हराइयो ।

कांग्रेस र माओवादीको गठवन्धनलाई मतपत्र च्याँत्ने अवस्थासम्म पुरयाउने उनै वडा नं. १९ का तत्कालिन वडाध्यक्षका एमाले उम्मेदवार प्रकाश तामाङ एमाले चोइटिएपछि माधव नेपालको एकीकृत समाजवादीतिर लागे । सामाजिक रुपमा अति नै क्रियाशील तामाङ बुधवार मात्रै एमाले पार्टी कार्यालय भरतपुरमा समाजवादी वडा कमिटीका अध्यक्ष किरण परियारसहित एमालेमा फकिए ।

समाजवादीका जिल्ला कमिटी सदस्य राजकुमार गुरुङ, विकास तामाङ पनि बुधवार एमालेमा नै फर्किए । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली, एमाले प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद कृष्ण भुर्तेल, एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला सहसचिव प्रकाश ढुंगानाले तामागसहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरे ।

एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीले प्रकाश तामाङ मूल घर एमालेमै फर्किदा सबैभन्दा बढि खुसी आफू भएको बताए । एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानले भरतपुर -१९ का शशक्त युवा नेताको पार्टी फिर्ती अभियानले एमाले मजवुत बन्दै गएको सन्देश दिएको बताए ।

युवा नेता प्रकाश तामाङले एकीकृत समाजवादी भन्ने पार्टी कम्युनिष्ट पार्टी नै नभएको, कांग्रेसको पछि लागेर समाजवाद नआउने ठानेर एमाले फर्किएको बताए । ‘नाम मात्रै समाजवादी राखेर भएन, पूँजीवादी दक्षिणपन्थी कांग्रेसको पछि पछि लाग्ने, हात थापेर खाने अनि समाजवादी नाम दिएर त भएन,’तामाङले भने, ‘आफ्नो पूरानो पहाडघरको माया जति हुन्छ त्यस्तै माया लागेर एमाले फर्किए, एमाले मात्रै अब नेपालको एक मात्रै कम्युनिष्ट मुलप्रवाह भएको पार्टी हो ।’

प्रकाशित मिति : March 30, 2022 at 9:55 pm