१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल : पौडेल

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको बताए ।

केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए । पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए । पौडेल वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजानु पर्ने पक्षमा थिए ।

प्रकाशित मिति : March 29, 2022 at 6:32 pm