२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

बिबाह भएको मितिले ६ महिनामा बच्चा जन्मिए पनि श्रीमानले स्वीकार गर्नुपर्ने

२९ साउन, काठमाडौँ । बिबाहपछि बच्चा हुनुलाई समान्य रुपमा लिइन्छ । तर कहिलेकाही बिबाह गरेको केही महिनामै बच्चा जन्मने र त्यसलाई पुरुषले अस्वीकार गरिरहेको परिवेशमा नयाँ कानुनले ६ महिनाभित्र जन्मने बच्चा बाबुले स्वीकार गर्नैपर्ने बाध्यता सिर्जना गरेको छ ।

आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिताले एक सय असी दिन पछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मान्यता दिलाएको छ । पतिको मृत्यू भएका वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट २ सय ७५ दिनभित्र अर्थात ९ महिनासम्म जन्मेको बच्चा पनि पूर्व पतिकै हुने संहितामा उल्लेख छ ।

विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारण छिटो बच्चा जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो । सामान्यतया विवाह भएको ९ महिनापछि बच्चा जन्मने चक्र रहेको हुन्छ । ९ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा रहदै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १६:१४