५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

रसुवामा जसपाका शून्य, नयाँ शक्तिबाट निर्वाचित वडा अध्यक्ष र कांग्रेसका १५ नेता एमालेमा


१५ चैत, रसुवा । रसुवामा नयाँ शक्तिबाट निर्वाचित एक जना वडा अध्यक्ष मंगलबार नेकपा एमाले प्रवेश गरेका छन । योसँगै जसपा जनप्रतिनिधिको हिसाबमा रसुवामा शून्य अवस्थमा पुगेको छ । रसुवाको नयाँ शक्तिका मुल नेता जसपा हुँदै कांग्रेस विलय बनेपछि तत्कालीन नयाँ शक्तिबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि भने एमाले प्रवेश गर्न थालेका छन ।

मंगलबार आमाछोदिङ्ग्मो गाउँपालिका वडा नम्बर १ बाट तत्कालीन नयाँ शक्ति हालको जसपाबाट निर्वाचित वडा अध्यक्ष निमा डिण्डु तामाङ सहित एक दर्शनबढी नेता एमाले प्रवेश गरेका छन । त्यस्तै सोही गाउँपालिकामा लक्पा देवाङको नेतृत्वमा कांग्रेसका १५ नेता पनि एमालेमा प्रवेश गरेका छन । एमाले प्रवेश गर्नेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १८:१३