१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

डेढ अर्ब लुट्ने माओवादीको सेटिङ भत्काउने घिमिरेलाई ज्यान मार्ने धम्की


१५ चैत, काठमाडाैँ । लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेलाई ज्यानमार्ने धम्की आएको छ। सोमबार मात्रै लुम्विनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलोमतोको पुष्टि गर्दै पदबाट राजिनामा दिएका घिमिरेले आफूलाई ज्यानमार्ने सम्मको धम्की आएको बताएका छन ।

‘बाचिएछ भने भेटेर अनियमितताका थप तथ्य सार्वजनिक गरौँला म असुरक्षित छु त्यति बुझ्नुस’ घिमिरेले भने। घिमिरेले आफुलाई कसले धम्की दियो भन्ने बारे भने खुलाउन चाहेनन् । उनले भने, ‘कुरा १ सय ५० करोडको छ आफैँ बुझ्नुस् बाचिएछ भने भेटेर सबैकुरा भन्नेछु ।’

उनले आफु अहिले पनि चार किल्लाको माटो भित्र रहेको समेत बताए । ‘मैले उहाँहरुले दिएको दवाव अनुसार काम नगरेकै हो उहाँहरुले काम गर्न दवाव दिएकै हो काम गर्न नमानेपछि कार्वाही गर्छु भनेकै हो मैले त्यही दवाव नझेल्ने भनेर राजिनामा दिएकै हो’ उनले भने। घिमिरेलाई माओवादी र कांग्रेसका नेताले धम्की दिएको बुझिएको छ । उनले माओवादी र कांग्रेसको सेटिङ हुन लागेको पाँच अर्बको ठेक्क विषय सार्वजनिक गराइदिएका थिए ।

घिमिरेले लुम्विनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियमा अनियमितता र मिलोमतो को रहस्य सार्वजनिक गर्दै दलालको दलाल बन्दीन भनेर राजिनामा दिएका थिए। लुम्विनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ सय करोड भन्दा बढी राष्ट्रलाई घाटा पुर्याउने गरी ठेक्का प्रक्रिया अगाडी बढाएको र नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यलाइ उक्त ठेक्का दिने गरी बोलपत्र आह्वान गरिएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतो गरेको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेलाई ज्यान मार्नेसम्मको धम्की आउदा पनि सरोकारवाला निकायहरू भने बेखबर जस्तै बनेका छन । घिमिरेले प्राधिकरणको सिइओबाट राजीनामा मात्र दिएका छैनन् ०५६ सालदेखि आबद्ध रहेको नेकपा माओवादी पार्टीबाट समेत अलग भएको घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

-सेटिङमा पाँच अर्बको ठेक्का हत्याउँदै नेपाली कांग्रेसका सांसद मोहन आचार्य

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:३७