म्याद नाघेको औषधी बिक्री गर्नेलाई ज्यान मुद्दा, १० वष कैद र एक लाख जरिवाना हुने
२९ साउन, काठमाडौँ । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलिकी संहिता ऐन २०७४ ले म्याद नाघेको औषधी बिक्री गरेमा ज्यान मुद्दा बराबरको सजाय हुने कानुनी व्यवस्था गरेको छ ।
संहितामा औषधी ऐन २०३५ को कानुनी व्यवस्थालाई संशोधन गर्दै संहिताले म्याद नाघेको औषधी बिक्री गरेमा ज्यान मुद्दा बराबरको सजाय हुने उल्लेख गरिएको छ । औषधी ऐनको दफा २ लाई संशोधन गर्दै औषधी मिसावट गरेमा, म्याद नाघेको औषधी बिक्री गरेमा अन्य वस्तुलाई औषधी भनी दिएमा यस्तो सजाय हुने उल्लेख छ ।
गलत औषधी दिएर ज्यान गएमा ज्यान मारेको सरह, औषधी सेवनका कारण ज्यान मर्न सक्ने खतरा पुगेको वा पुग्ने सम्भावना भएमा ज्यान मार्ने उद्योग गरेको र शरीरको कुनै अंगमा क्षति पुगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने विषय पनि संहितामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार १५:५८