५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

बाँकेमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


१५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा मंगलबार टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७० वर्षीय विरबली भण्डारी रहेका छन् । घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको टिपरले भण्डारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्कर दिने टिपरसहित चालक जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:१०