५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हिरो अफ द मधेशको उपाधी महोत्तरीका ३ जनप्रतिनिधिले पाए


१५ चैत, महोत्तरी । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका छन । जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका हुन । उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन ।

हिरो अफ द मधेश प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानिय तहमा भएका बिकाशका कामहरुमा उनिहरुको भुमिका अग्रणी रहेको बताइएको छ । हिरो अफ द मधेश प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाइ समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १३:४७