११ मंसिर २०८३, बिहिबार | Fri Nov 27 2026

सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा

https://www.muktinathbank.com.np/online/loan-application

१५ चैत,अर्घाखाँची । अर्घाखाँचीकाे एक सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ । सन्धिखर्क नगरपालिका-१ मा रहेकाे विस्मिल्ला सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे । जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे ।

उद्याेगमा कपडा फिट्ने मेसिन तातेर आगाे लागेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए । आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेकाे थापाले जानकारी दिए । यद्यपि, आगाे पूर्णरुपमा नियन्त्रणमा आइसकेकाे थापाले जानकारी दिए ।

प्रकाशित मिति : March 29, 2022 at 12:37 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/