४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


१५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १२:२८