४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आफ्नो न्वारको नाम बताउँदै करिश्माको अपिल सूर्य चिन्हमा मतदान गराैँ


१५ चैत, कपिवलवस्तु । गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक कपिलवस्तुमा पार्टीको आसभामा भाषण गरिन् । आफूलाई बोल्न अवसर दिएकोमा उनले आभार प्रकट गरिन् ।

करिश्माले भनिन्, ‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नु भएकोमा धन्यवाद । यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ, आइ एम क्वाइट इम्प्रेस्ड ।’

विगतमा जहाँ-जहाँ भौतारिए पनि आज बुझ्ने भएपछि बल्ल सही ठाउँमा आइपुगेको उनले बताइन् । ‘अब चाहिँ समाजका लागि योगदान दिन सक्छु भन्ने आत्मविश्वास जागेको छ, केही गर्ने आँट आएको छ,’ उनले भनिन् ।

छोटो भाषणको अन्त्यमा सूर्यमा भोट माग्दै करिश्माले एउटा नयाँ खुलासा पनि गरिन् । उनले भनिन्, ‘एउटा कुरा रिभिल गरिदिउँजस्तो लाग्यो, मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ । लालसलाम ।’

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १०:२८