४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

स्थानीय तहका उपप्रमुखहरूको छुट्टै महासंघ, गुरुङ बनिन् संस्थापक अध्यक्ष


१५ चैत, पोखरा । न्यायिक समितिकाे राष्ट्रिय समिति गठन भएकाे छ । पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हाे । समितिमा बिराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।

कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकाेटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य छन् ।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएकाे छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०९:५६