४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता भीम चापागाईँले पार्टी छाडे, एमाले प्रवेशको तयारी


१५ चैत, काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गरेका छन । पार्टी छोडेपछि चापागाँई एमाले प्रवेश गर्ने व्यापक चर्चा छ । पार्टीका व्यूरो सदस्य चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गरेका छन ।

क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको चापागाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको बताएका छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भासमा नै फस्ने खेलमा लागेको उनले बताएका छन ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०९:२३