४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल माओवादी छाडेर एमालेमा


१४ चैत, नवलपुर । वाईसीएल नवलपुरका जिल्ला अध्यक्ष प्रवीणराज पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन । सदरमुकाम कावासोतीमा सोमबार साँझ आयोजित पार्टि प्रवेश कार्यक्रममा वाईसीएल जिल्ला अध्यक्ष पौडेल एमालेमा प्रवेश गरेका हुन ।

नेकपा माओवादी केन्द्रबाट मुलुकको परिवर्तन सम्भव नभएको एमालेतिर लागेको पौडेलले बताए । उनको अबको मुलुकको परिवर्तनको पुरै नेतृत्वका लागि एमालेको विकल्प नभएको बताए ।

प्रचण्डसँगै युुद्ध लडेका सहकर्मीहरु धमाधम उनको साथ छाडेको भन्दै अब मुलुककाे परिवर्तनको लागि आफु एमालेमा रहेर राजनैतिक आन्दोलन अगाडी बढाउने बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार २२:१२