४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आज क-कसले राखे कांग्रेस बैठकमा धारणा ? (फाेटाेफिचर)


१४ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुन: बस्ने भएको छ । बैठक चैत्र १५ गते मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने छ । भोलिको बैठकबाट आशन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा निर्णय हुने जनाइएको छ ।

नेपाली कांग्रेसका अनुसार आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले आफ्नो धारणा बैठकमा राखेका थिए।

त्यस्तै केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १८:४३