४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अपुरो नगरपालिका भवनको उद्घाटन, सञ्चारमाध्यमलाई छैन जानकारी


२४ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले निर्माणाधीन प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेको छ । निर्माण सम्पन्न नभएको प्रशासकीय भवन जिल्लामा क्रियाशील सञ्चारमाध्यमलाई जानकारी नै नदिई नगरप्रमुख सूर्यप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

रेडियो अर्घाखाँचीका स्टेसन म्यानेजर गोपालप्रसाद भट्टराईले भवन उद्घाटनबारे थाहा नै नभएको बताएका छन् । नयाँ एफएमका स्टेसन म्यानेजर हरिप्रसाद भुसाल र रेडियो सन्धिखर्कका स्टेसन म्यानेजर श्याम घिमिरेले पनि भवन उद्घाटनका विषयमा आफूहरूलाई जानकारी नै नभएको बताएका छन् ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख अधिकारीले आफूमाथि लागेको आरोपको खण्डन गर्न मै समय खर्चिएका थिए । ‘मैले कतै एक पैसा भ्रष्टाचार गरेको भए छानबिन गरियोस् । अख्तियारमा मुद्दा दायर गरियोस्,’ अधिकारीले भने । उनले आफू कमाउनका लागि मेयर नबनेको दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १७:४४