४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सार्कलाई सक्रिय बनाउने विषयमा अाेली र अब्बासीबीच छलफल


२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा विचारविमर्श भएको छ ।

उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री बन्नुभएकामा नेता ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि निम्तो दिनुभएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार २०:२२