१९ जेष्ठ २०८१, शनिबार | Sun Jun 2 2024

स्कुलमा हाजिर गरेर दिउँसभर कांग्रेसको झण्डा बोकेर नुवाकोटको गाउँ डुल्छिन प्रधानाध्यापक


१३ चैत, नुवाकोट । स्थानीयत तहको निर्वाचन नजिकिदै जाँदा धेरैजसो शिक्षकहरू राजिनामा दिएर जनप्रतिनिधि हुने तयारीमा लागेका छन । जुन विगतदेखि चल्दै आएको चलन हो । तर पछिल्लो समय विद्यालयमा हाजिर गरेर प्रधानाध्यापक नै पार्टीको झण्डा बोकेर गाउँ डुल्नेगरेको पाइएको छ ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सिद्दि गणेश प्रा विकाे प्रधानाध्यापक कमला प्याकुरेल विद्यालयमा हाजिर गरेर एकसातादेखि दिउँसभर नेपाली कांग्रेसको झण्डा बोकेर घरदैलो अभियानमा हिडेँको तथ्य दैनिकीले प्राप्त गरेको छ । यस विषयमा अनलाइन नुवाकोटले पनि यस विषमाय प्रधानाध्यापक प्याकुरेलको बारेमा समाचार सार्वजनिक गरेको थियो ।

प्रधानाध्यापक प्याकुरेल एक सातादेखि दिनहुँ हाजिर गरे लगत्तै नेपाली कांग्रेसको झण्डा बोकेर भोट माग्न गाउँडुल्न हिड्ने गरकी छिन । स्थानीयहरूले बिरोध गरे पनि राजनीतिक दलको संरक्षणका कारण उनले स्कुलमा काम गर्न छाडेर निरन्तर पार्टीको झण्डा बोकेर हिँडिरहकी छिन ।

प्रधानाध्यापकको शैलीका बारेमा सम्बन्धित निकायमा गुनासो गरेपनि सुनुवाइ नभएको स्थानीयले बताएका छन । उनीहरूले अभिभावकले स्कुलमै भेला बोलाएर प्रधानाध्यापक माथि कारबाहीको तयारी समेत गरेका छन । उनीहरूले गाउँपालिकामा यस विषयमा अवगत गराएको भए पनि गाउँपालिकाको नेतृत्वमा नेपाली कांग्रेस नै रहेको कारण कुनै कारबाही भएको छैन ।

प्याकुरेल हाजिर गरेर पार्टीको प्रचारमा हिड्ने गरेको तस्बीरहरू प्राप्त गरेपछि दैनिकीले प्रधानाध्यापक प्याकुरेलसँग प्रतिक्रिया लिने कोशिश गरे पनि फोनमा सम्पर्क हुन सकेन । हामी प्याकुरेलसँग सम्पर्क भएपछि उनको प्रतिक्रियासहित पुनः समाचार पस्किने छाैँ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार २१:०९