१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

१३ चैत, काठमाडौं । तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हो यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले बिदाइ गरेका छन् ।

नेपाल भ्रमणको क्रममा मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए । भेटका क्रममा दुईपक्षीय सहयोग आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर भएको छ । चीनले नेपाललाई ६० कराेड एमआरबी (११ अर्ब रुपैयाँ) सहयाेग गर्ने भएकाे छ ।

प्रकाशित मिति : March 27, 2022 at 3:54 pm