१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सहकारीमा कोपोमिस प्रयोगलाई प्राथमिकता दिँदै बुद्धभूमि नगरपालिका

१० चैत्र, कपिलवस्तु । सहकारी संस्थाको सूचना प्रविधि मैत्री बनाउने उद्देश्यले निर्माण गरिएको कोपोमस सफ्टवेयर प्रयोगमा बुद्धभूमि नगरपालिकाले प्राथमिकता दिएको छ । नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीलाई प्रविधि मैत्री बनाउँदै अनलाइन रिपोर्टिङ गर्न तालिम दिएको छ । सहकारी विभागले २०७५ साल बाट सबै सहकारीलाई कोपोमिस प्रयोग अनिवार्य गरेको छ । तर सहकारीले तालिमको व्यवस्था नहुँदा र कम्प्युटर र इन्टरनेटको व्यवस्था नहुँदा कागजी प्रणाली प्रयोग गर्न बाध्य रहेका थिए ।

सहकारीको सूचना, तथ्याङ्क, प्रतिवेदनलाई नियमित, विश्वसनीय र वास्तविक तरिकाले राखी सफ्टवेयर मार्फत सूचना राख्नका लागि तालिम प्रदान गरिएको नगरपालिका उद्योग, वाणिज्य तथा सहकारी अधिकृत विजय भुसाल बत्ताउँछन् । चालु आर्थिक वर्षमा १५ सहकारी संस्थाका सञ्चालक र कर्मचारी गरी २५ जनालाई तालिम दिएको छ । बाँकी रहेका सहकारीलाई समेत तालिम दिएर सबै सहकारीलाई कोपोमिस अनिवार्य गराउने भुसालले बताए ।

तालिममा निवेदन दाखिला, मासिक तथा वार्षिक प्रतिवेदन, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, सदस्यता तथा सञ्चालक विवरण लगायतका सूचना अद्यावधिक गर्न सिप प्रदान गर्ने सहजकर्ता तथा नगरपालिका सूचना तथा प्रविधि अधिकृत विमर्ष खनालले बताए ।

प्रकाशित मिति : March 24, 2022 at 6:27 pm