१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

संरक्षणमा योगदान पुर्‍याएका सुरक्षाकर्मी र संरक्षणकर्मी सम्मानित

९ चैत, रसुवा । संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका सुरक्षाकर्मी र संरक्षणकर्मीलाई लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले सम्मान गरेको छ । बुधबार निकुञ्जको ४६औं वार्षिक उत्सवको अवसरमा संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका सुरक्षाकर्मी, संरक्षणकर्मीलाई कार्यालयले नगदसहित सम्मान गरेको हो ।

नेपाली सेनाको विष्णुदल गणका सुबेदार रेवतकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका हवलदार केशव अधिकारी र नेपाल प्रहरीका जवान प्रकाश प्रजा, निकुञ्जका गेम स्काउट धनबहादुर घले, कल्र्पेश्वरी मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष दीपक खनाल र संरक्षणकर्मी युवा प्रमोदकुमार तितुङलाई संरक्षण क्षेत्रमा योगदान पुर्‍याए बापत सम्मान गरिएको हो । उनीहरूलाई जनही नगद चार हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ । निकुञ्जको संरक्षण क्षेत्रमा योगदान पुर्‍याए बापत उनीहरूलाई सम्मान गरिएको लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

प्रकाशित मिति : March 23, 2022 at 6:47 pm