नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना, नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १७४ पुग्यो
हस्ताक्षर स्थानीय समय अनुसार सोमबार अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा एक कार्यक्रमाको आयोजना गरी गरिएको थियो । दुवै देशले एक पत्र लेखि कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी समेत गराएको न्यूर्योकस्थित नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पलाउ गणतन्त्र फिलिपिन्सको दक्षिणपूर्वमा प्रशान्त महासागरमा अवस्थित एउटा देश हो । पलाउको क्षेत्रफल ४५९ वर्ग किलोमिटर र जनसंख्या २२ हजार रहेको छ । पलाउ सन् १९९४ अक्टोवर १ का दिन स्वतन्त्र राष्ट्र बनेको थियो । नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना गरेको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि हालसम्म २०६ वर्षको अवधिमा नेपालले १७४ देशसँग यस्तो सम्बन्ध जोडेको छ ।
प्रकाशित मिति : March 22, 2022 at 11:18 am









