२० जेष्ठ २०८१, आईतवार | Sun Jun 2 2024

३६ बर्षदेखि मशाल हुँदै माओवादीमा क्रियाशिल प्यूठानका सूर्यबहादुर खड्का एमालेमा


८ चैत, काठमाडाैँ । ३६ बर्षदेखि मशाल हुँदै माओवादीमा क्रियाशिल प्यूठानका सूर्यबहादुर खड्का एमालेमा प्रवेश गरेका छन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले खड्का एमाले प्रवेश गरेको जानकारी दिएका छन ।

खड्का एमाले प्रवेश गरेको जानकारी दिँदै सामाजिक सञ्जाल मार्फत थापाले लेखेका छन, ‘२०४२ सालदेखि नेकपा(मशाल) हुँदै निरन्तर कम्युनिस्ट आन्दोलनमा समर्पित र हाल माओवादी केन्द्रमा आबद्ध रहनुभएका आदरणीय सूर्यबहादुर खड्का अब नेकपा(एमाले) मा आबद्ध हुनुभएको छ। उहाँको ३६ बर्ष लामाे र पुरानाे सम्बद्धता ताेड्ने यस निर्णयले विशेष र दूरगामी महत्त्व राख्दछ। संयाेगवश- उहाँले हाम्राे उपस्थितिमा पार्टीमा आबद्ध हुने निर्णय र घाेषणा गर्नुभयाे। प्युठान नगरपालिका – १० स्याहालपाखा, टाँकुरा, खड्काटाेल र मरन्ठानामा मात्रै नभएर सिंगाे प्युठान जिल्ला र देशकाे कम्युनिस्ट आन्दोलनका निम्ति याे स्वागतयोग्य र खुशीकाे कुरा हाे।’

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०८:५२