माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्ष प्रमोद शर्माले पनि त्यागे पार्टी
८ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता एवं दाङको घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टीको जिम्मेवारीबाट अलग रहने निर्णय गरेका छन । उनले साधारण सदस्य समेत नरहनेगरी माओवादी त्यागेको घोषणा गरेका हुन ।
उनी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत हुन । शर्माले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।’

प्रकाशित मिति : March 22, 2022 at 7:42 am









