१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

झलनाथलाई झापड हान्ने माओवादी कार्यकर्ता रेग्मी राप्रपा प्रवेश, लिङ्देनले गरे स्वागत

७ चैत, सुनसरी । नेकपा एमालेका तत्कालीन अध्यक्ष हालको नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको गालामा झापड हानेवापत १ रूपैयाँ जरिवाना तिर्ने माओवादी कार्यकर्ता देवीप्रसाद रेग्मी राप्रपा नेपालमा प्रवेश गरेका छन । करिब ११ वर्षअघि खनाल एमालेको अध्यक्ष रहेको बेलामा सुनसरीकै एउटा पार्टी प्रवेश कार्यक्रममा रेग्मीले खनालको गालामा झापु हानेका थिए ।

यद्यपी खनालको गालामा झापड हान्ने बेलामा रेग्मी एमाले कार्यकर्ता थिए । त्यसको केही वर्षपछि उनी अन्य एमाले नेताहरूसँगै माओवादी प्रवेश गरेका थिए । सोमबार सुनसरीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा स्वागत गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले आफु भुईबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकहरुका समस्या आफुलाई राम्रो जानकारी भएको बताए । अध्यक्ष लिङदेनले अन्य दलका नेताहरुले राजनितिलार्य पेशा बनाएको आरोप समेत लगाए उनले अरु दलका नेताहरुको जस्तो आमराको जिन्दगी जिउने सोचले नभएर देश र जनताको हितमा काम गर्न आफु राजनितिमा लागेको समेत वताए ।

राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा भएको आमसभामा पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बा पार्टीका महामन्त्रीद्धय भुवन पाठक र राजेन्द्र गुरुङ पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले समेत सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष लिङदेन लगायतका नेताहरुले अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा उल्लेखिय संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : March 21, 2022 at 11:51 pm