२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

सामान्य प्रशासन मन्त्रालयमा कर्णालीका कर्मचारीलार्इ यसरी दिइन्छ दुःख, जीवन भण्डारीको भोगाइ

२८ साउन, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलार्इ कतिसम्म दुःख दिन्छ भन्ने कुरा कर्मचारीलार्इ नै थाहा भएको कुरा हो । अझ बढी दुर्गमका कर्मचारी मन्त्रालयका हाकिमबा पीडित हुने गरेको तथ्य सार्वजनिक भएको छ । नेपाल निजामति कर्मचारी संगठका उपाध्यक्ष जीवन भण्डारीले सामान्य प्रशासन मन्त्रालयमा भएको एउटा घटनालार्इ यसरी उजागर गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अाफ्नो भनाइ यसरी प्रस्तुत गरेका छन ।

भण्डारीको लेखार्इ जस्ताको त्यस्तै 

एक अशल र ईमानदार शुभेच्छुकका लागि पटकपटक बलिदानी गर्ने अवसर सबैलाई मिल्दैन र सबैकाे शाहसले भ्याउदैन पनि । त्यसैले पटकपटक अाफुलाई भाग्यमानी महशुस गरिरहेकाे छु । हिजो भएको सिंहरुकाे दरबारमा भएको सत्य घटना गितालाइ साक्षी राखेर लेख्दैछु । लफ्फन छफ्फन थाहा छैन मलाई ।

ट्रेड युनियन जुम्लाका सदस्य नयाँ अधिकृत नेत्रराज गिरि भाईकाे डाेल्पा पाेस्टिङ भईसकेपछि म कर्मचारी संगठनकाे उपाध्यक्ष र अध्यक्ष केदारप्रसादले बनाएको गुनासो व्यवस्थापन समितिकाे सदस्यका हैसियतले नाम नचिनेको एकजना उपसचिवकाेमा गए अरुले ऋृषी भन्दा भन्दा मलाई नि ऋृषि रहेछ नाम भन्ने थाहा भयाे उहाँकोमा गएर नेत्र भाईकाे जुम्ला सारिदिनु परयाे भन्दा उहाँले डायरीमा टिप्दै हुन्छ २ दिनपछि अाउनुहाेला चिठी लिन भन्नुभयो माथि सहसचिव, सचिवकाेमा जाने भन्नु भएन ।

मैले मेराे परिचय कुनै हालतमा दिईन म फलानो हु भनेर तर सेवाग्राहीका हिसाबले उहाँको म पटकपटक गहि रहे । २ दिनपछि जादा सर नाम के गरे भनेर फेरि टिप्नुभयाे , सर छिटो गर्नुपर्ने भयाे सर भन्दा अब भाेली अाउनुहाेस भन्नुभयो ५ अाै दिनमा गए सर चिठी बनिसकेको छ लिनु भन्नुभयो तर चिठी बुझ्न जादा टिप्पणी उठेकै रहेेनछ अाफै प्रेम लुईटेललाई फाेन गरेर उठाईदिनुहाेस भन्नुभयो ।

११ अाैँ दिनमा गईयाे माथि जानुहाेस भन्नुभयो यहीँ कुरा पहिला नै भनेको भए सचिव र सहसचिवकाे मा जान्थे नि यति दुख दिने भनेर डिसकस भएको हाे । त्यसैकाे रिस गमला माथि फेरिएको हाे । न शिसा फाेडिएकाे छ न झ्याल ताेडिएकाे छ ।ऋृषी अाचार्यकाे अंगमा त के कपडामा पनि छाेएकाे छैन । अन्याय परयाे भने यस्ता घटना घटदै जानछन । पुनः सचिव दिनेश थपलियाकाे कार्यकक्षमा उहाँसंग तत र मम भएको हाे यस्काे प्रत्येक्षदर्शी सहसचिव रुद्र तामाङ, उपसचिवहरु र पत्रकार जगत नेपाल छन ।

१. मैले अरुको ५, ६ पटक सच्याउने हाम्रो अाफ्नाे जिल्लामा पनि जान नपाउने भन्दा थपलियाले म ५१ पटक सच्याउछु मुद्दा हाल भने
२. कर्णालीकाे मान्छेकाे समस्या बुझ्नु परेन भन्दा म पनि कर्णाली भन्दा दुर्गमकाे हु भने ।
३. सचिवले कर्मचारी अाफ्नाे कुर्चीमा बस्न छाेडेर किन अाएकाे भन्दा मैले शिक्षाका ३०० उपसचिवलाई काम दिएको छैनस अनि तिम्रोमा नअाएर कस्काेमा जाने अब शिक्षाकाे लडाइँ कस्तो हुन्छ हेर भन्दा सचिवले अझै शिक्षाकालाई घाममा तडाउछु भने ।

सचिवबाट समस्याको समाधान भन्दा अझै लडाइँमा उत्रिन तिर उद्दत भयाे ।अझै थुप्रै भयो लडाइँ । मुख्य सचिवकाे कार्यकक्षमा भएको छेडखानीकाे बदला लिन उपयुक्त माैकाकाे खाेजिमा रहेछन् सचिव थपलिया । अन्नाय परेछ भने जीवनकाे बलिदानी दिने हेतुका साथ अाफुलाई समर्पित गरेकाे ज्यान टुलुटुलु हेरेर म रत्तिभर बस्न सक्दै सक्दैन है ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १५:१६