१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

देशभर थपिए ४५ कोरोना संक्रमित

७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : March 21, 2022 at 6:25 pm