२ असार २०८१, आईतवार | Sun Jun 16 2024

माओवादी केन्द्रका काभ्रेको रोशी गाउँपालिका कमिटीका अध्यक्ष रेग्मीसहित ३०० कार्यकर्ता एमालेमा


६ चैत, काभ्रे । नेकपा माओवादी केन्द्र काभ्रेको रोशी गाउँपालिका कमिटीका अध्यक्ष दिल्ली रेग्मीसहित तीन सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । आइतबार रोशी गाउँपालिकामा भएको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष रेग्मीको नेतृत्वको तीन सय जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

उनीहरूलाइ नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि रेग्मीले अझै ठूलो समूहमा नेता कार्यकर्ता माओवादीबाट एमालेमा प्रवेश गर्ने बताए । उनले वर्तमान अवस्थामा देशको नेतृत्वका लागि एमालेको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १७:४२