२ असार २०८१, आईतवार | Sun Jun 16 2024

माओवादी त्यागेपछि सांसद विष्टले प्रचण्डलाई भने, एमाले हुने खास तरिका चाहिँ यो हो


६ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका प्रमुख सचेतक त्यागेर एमाले प्रवेश गरेका सांसद ठम्मरबहादुर विष्टले आफूहरूलाई प्रचण्डले नै एमाले हुन सिकाएको बताएका छन । एमाले र माओवादी एकताको सन्दर्भको स्मरण गर्दै उनले भनेका छन ‘हिजो उहाँले नै केपी ओली र म समाजवादको जेटमा उडिसक्यौं भन्नुभएको हो। उहाँले नै एमाले बनाउनुभएको हो। एमाले हुने खाश तरिका चाहिँ यो हो।’

आइतबार औपचारिक रुपमा एमालेमा प्रवेश गरेका विष्टलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टीका र माला लगाएर स्वागत गरे । विष्टले माओवादीमा हुर्किएको नातावाद, आत्मसम्मानमा ह्रास र विशालु राजनीतिले गर्दा एमालेमा प्रवेश गरेको बताउनु भयो । आफू प्रमुख सचेतक हुँदा उक्त पदको ख्याल नगरेर केन्द्रीयता लागू गरेको आरोप लगाए । उनले मन्त्री बनाउने कुरादेखि एमसीसी पास गर्ने कामसम्ममा कार्यकर्ताको भावनालाई अध्यक्ष प्रचण्डले कुल्चेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १७:१५